Section 54
सहयोग गर्नु पर्ने
(१) यो ऐन कार्यान्वयन गर्ने सिलसिलामा विभागले स्थानीय प्रशासन तथा प्रहरीको सहयोग मागेमा त्यस्तो सहयोग गर्नु स्थानीय प्रशासन तथा प्रहरीको कर्तव्य हुनेछ।
(२) यस ऐन बमोजिम जाँचबुझ, अनुगमन वा निरीक्षण गर्ने क्रममा त्यस्तो जाँचबुझ, अनुगमन वा निरीक्षण गर्ने अधिकारी वा यस ऐन बमोजिम खटाइएको व्यक्ति, टोली वा निरीक्षण अधिकृतलाई आवश्यक सहयोग पुच्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।